चीनबाट हिजै फर्कियो एमालेको प्रतिनिधिमण्डल – Nepal Press

चीनबाट हिजै फर्कियो एमालेको प्रतिनिधिमण्डल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको प्रतिनिधिमण्डल चार दिन लामो चीन भ्रमण सम्पन्न गरी शुक्रवार साँझ स्वदेश फर्किएको छ ।

चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जको निमन्त्रणमा पौडेलसहित एमाले नेताहरु काशिनाथ अधिकरी,डा।पुष्प कँडेल र कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखालको टोली चीनको कुन्मिङ गएको थियो ।

एमाले प्रतिनिधिमण्डल शुक्रवारै हिमालय एयरबाट काठमाडौं आइसकेको एमालेले जनाएको छ ।

चीनमा एमाले र माओवादीका नेताहरुबीच वार्ता गराइन लागेको चर्चा चलिरहेका बेला एमाले टोली भने माओवादी नेता वर्षमान पुन लगायत चीन पुग्नुअघि नै नेपाल फर्किसकेको थियो ।

प्रमोट इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्ज बिटवीन चाइना एण्ड नेपाल नामक कार्यक्रममा भाग लिएर आफूहरु २१ मार्चमा गएर २५ मा फर्किसकेको पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर