माधव नेपालको दाबी- बालुवाटारमा बंकर बनाएर ओलीले चोलेन्द्रसँग भेट्थे, सेटिङ गर्थे (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी- बालुवाटारमा बंकर बनाएर ओलीले चोलेन्द्रसँग भेट्थे, सेटिङ गर्थे (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारवादी प्रवृत्ति सत्तामा पुगेपछि फस्टाएर गएको टिप्पणी गरेका छन् ।

पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले बालुवाटारमा हुँदा ओलीले बंकर बनाएर प्रधानन्यायाधीश चोलेन्द्रसँग बारम्बार भेट्दै संसद विघटन र त्यसपछिका योजना तयार पारेको दाबी गरेका छन् ।

उनले भने, ‘संसद विघटन गर्छु भन्ने ओलीको दिमागमा पहिलेदेखि थियो, बालुवाटारमा बंकर बनाएर ओली चोलेन्द्रसँग बारम्बार भेट गर्थे । कुन न्यायाधीशलाई कहा-कहाँ पुर्‍याउने, कोही बोल्यो भने अदालत आफ्नै छ निर्वाचन आयोग आफैं छु । सम्पत्ति शुद्धीकरण लगाउँछु तह साइबर स्याल लगाउँछु भन्ने उनको योजना थियो ।’

सम्बोधनको अधिकांश समय ओलीविरुद्ध खर्चिएका नेपालले मुलुकमा परिवर्तन ल्याउने उद्देश्य भन्दा पनि हावादारी कुरा गरेर वरिपरि ‘एस म्यान’ राखेर कम्युनिष्टहरूको आवरणमा तानाशाही निस्किएको टिप्पणी गरे ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको दाबी- बालुवाटारमा बंकर बनाएर ओलीले चोलेन्द्रसँग भेट्थे, सेटिङ गर्थे (भिडिओ)

  1. छ्या अब यिनी मनुवा बाेल्ने विषय समाचार बनाउन लायक हुन छाडे ।

  2. नयाँ कांग्रेसको बोली सुन्दा लज्जा बोध हुन्छ। बालुवाटारमा बनेको बंकर कहाँ रहेछ, त्यो देखाइयोस् अन्यथा माधव नेपाललाई माफ माग्न लगाइयोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर