वडाध्यक्षदेखि संघीय सांसदसम्म, पूर्वमेयरदेखि पूर्वमन्त्रीसम्म कपिलवस्तुबाट को-को प्रवेश गरे एमालेमा ? (तस्बिरहरू) – Nepal Press

वडाध्यक्षदेखि संघीय सांसदसम्म, पूर्वमेयरदेखि पूर्वमन्त्रीसम्म कपिलवस्तुबाट को-को प्रवेश गरे एमालेमा ? (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा बीच एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेललगायतले उनीहरूलाई स्वागत गरे ।

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका- १ का वडाअध्यक्ष सुदीप पौडेल, ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका-६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका- ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता-कार्यकर्ता प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर