‘माओवादी र समाजवादीलाई भोट दिएर भने पनि एमालेलाई साइजमा राख्नुपर्छ, ओलीलाई बलियो बन्न दिनु हुन्न’ – Nepal Press

‘माओवादी र समाजवादीलाई भोट दिएर भने पनि एमालेलाई साइजमा राख्नुपर्छ, ओलीलाई बलियो बन्न दिनु हुन्न’

काठमाडौं । नेपाली कांग्रेसमा चुनावी गठबन्धनको पक्षमा प्रमुख नेताहरू प्रखर रूपमा खुलेका छन् । केन्द्रीय कार्य समितिको जारी बैठकमा सभापति शेरबहादुर देउवालाई उनको समूहभन्दा इतरका नेताहरूको समेत बलियो समर्थन देखिएको छ ।

सोमबारको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई बलियो बन्न नदिन पनि कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादीलाई मत दिनुपर्ने बताए ।

उनले अहिलेका लडाइँ एमालेविरुद्ध भएकाले गठबन्धन जरुरी रहेको जिकिर गरेका छन् ।

बैठकमा पौडेलले भने, ‘केपी ओलीलाई कुनै हालतमा बलियो बन्न दिनु हुँदैन । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । यो लडाइँ एमालेविरुद्ध हो । त्यसैले गठबन्धन जरुरी छ ।’


प्रतिक्रिया

2 thoughts on “‘माओवादी र समाजवादीलाई भोट दिएर भने पनि एमालेलाई साइजमा राख्नुपर्छ, ओलीलाई बलियो बन्न दिनु हुन्न’

  1. हेर याे बुद्विले टाट पल्टिएकाकाे हालत । राजनीति सकिएर काँग्रेसका कसैले नपत्याएर देउवाकाे पुच्छर हुनुपरेकाे छ । फेरि धाक चाहिँ एमालेलाई साईजमा ल्याउने रे । यस्ता दलालले साईजमा ल्याउने ? त्याे पनि जनताकाे प्याराे पार्टी एमालेलाई ? त्याे पनि माओवादी र समाजवादी जस्ता लुटेरा र दलालहरूलाई भाेट हालेर ? सकिएछन् यी बाजे ।

  2. अरुले लडाई गर्छन् देश बनाउन तिमीहरु लडाई गर्छ एक-अर्काको खुट्टा तान्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर