कांग्रेसको बहुमत चुनावी गठबन्धनको पक्षमा, भोलि सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने – Nepal Press

कांग्रेसको बहुमत चुनावी गठबन्धनको पक्षमा, भोलि सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने भएको छ ।

केन्द्रीय कार्य समिति बैठकमा अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा धारणा राखेकाले मङ्गलवार गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित हुने प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।

महतले केही पदाधिकारी र सदस्यहरूले गठबन्धन नगरी कांग्रेस एक्लै जनताबीच परीक्षणमा जानुपर्ने बताए पनि अधिकांशको मत गठबन्धन र तालमेलको पक्षमा आएको जानकारी दिए । उनले गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र धेरै ठाउँमा चुनाव जित्न सकिने बताए ।

महतका अनुसार कुन ठाउँमा पार्टीको अवस्था कस्तो छ भन्ने रिपोर्टका आधारमा कतै मित्रतापूर्ण प्रतिस्पर्धा र कतै गठबन्धन हुनेछ ।

अधिकांश सदस्यले गठबन्धनको सैद्धान्तिक निर्णय केन्द्रबाटै हुनुपर्ने राय राखेकाले अर्को बैठकले प्रस्तावसहित निर्णय गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर