एमालेमा बसेका दश बुँदे पक्षधरप्रति माधव नेपालको टिप्पणी- फरक मत राखे हातपात हुनसक्छ – Nepal Press

एमालेमा बसेका दश बुँदे पक्षधरप्रति माधव नेपालको टिप्पणी- फरक मत राखे हातपात हुनसक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर आफूलाई धोखा दिई एमालेमै बसेका नेताहरू अवसरवादी र ओलीका दास भन्दै उनीहरू कुनै पनि बेला कुटिन सक्ने टिप्पणी गरेका छन् ।

नेकपा एस निकट युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गदै अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेर १० बुँदेका नाममा एमालेमा बसेकाहरू निरीह रहेको र उनीहरूलाई फरक मत राख्न समेत अधिकार नरहेको बताए ।

उनीहरूको सहारा र सल्लाहमा ओलीविरुद्ध लडाइँ लडेकोमा उनीहरूले अन्तिममा धोखा दिएको नेपालले बताए । नेपालले केपी ओलीले पार्टीभित्र पहिले देखिनै गुन्डा र साइबर स्यालहरूको जमात तयार पारेकाले त्यहाँभित्र फरक मत राख्नेहरूलाई कुनै पनि बेला हातपात हुन सक्ने बताए ।

अध्यक्ष नेपालले केपी ओली अझै पनि राजावादीहरूसँगको षड्यन्त्रमा रहेको बताउँदै पाँच दलीय गठबन्धन तीनै तहको चुनावमा हुने बताए । उनले युवा संघलाई गाउँ तहदेखि नै चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया

One thought on “एमालेमा बसेका दश बुँदे पक्षधरप्रति माधव नेपालको टिप्पणी- फरक मत राखे हातपात हुनसक्छ

  1. भाषण सुन्दा, अनुहार हेर्दा अब के लाग्याे भने एक्लै बरबराउँदै रत्नपार्ककाे पेटी सडकतिर ओलि मुर्दावाद भन्न थाल्ने हाे कि? त्याे हद्सम्म चाहिँ नहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर