नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कोलम्बोमा वार्ता, रामायण सर्किट अघि बढाउन सहमत
नेपाल प्रेस
२०७८ चैत १५ गते १३:२९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा दुई देशका परराष्ट्र मन्त्रीबीच कोलम्बोमा वार्ता भएको छ ।
विमस्टेक सम्मेलनमा भाग लिन गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भ्रमण तयारीको बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले भेटवार्तामा कनेक्टिभिटी, ऊर्जा, मल खाद तथा स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताएका छन् ।
उनले रामायण सर्किटलाई अघि बढाउने विषयमा सहमति भएको समेत जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर