सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, पुरुषलाई सफाइ – Nepal Press

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, पुरुषलाई सफाइ

कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।

गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए ।

विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए ।

‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् ।

सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।

सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ । युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई सफाइ दिइएको छ ।


प्रतिक्रिया

2 thoughts on “सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, पुरुषलाई सफाइ

  1. एउटा राम्रो उदाहरण बन्यो यो केस । धन्यवाद जज साप।

  2. राम्राे फैसला मा. न्या . नवीन जाेशी श्रीमानकाे याे साहसलाइ सलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर