गठबन्धनको पटकाले एमाले तर्सिँदैन : उपाध्यक्ष पौडेल – Nepal Press

गठबन्धनको पटकाले एमाले तर्सिँदैन : उपाध्यक्ष पौडेल

लुम्बिनी अस्पतालको टेण्डरकाण्डमा मुछिएकामाथि तत्काल छानबिन गरौं

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा भएको सात अर्ब टेण्डर रद्दको विवादमा मुछिएका व्यक्तिमाथि यथार्थ छानबिन गरी दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।

प्रेस चौतारीले बुधबार दिउँसो बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले गौरवको आयोजनामा राखेर गर्न खोजिएको आयोजनालाई गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको बताउँदै यसको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्ने बताएका हुन् ।

‘कतै यो आयोजनालाई नै ओझेलमा पार्ने गरी यस्ता काम भएका छन् कि ? राजीनामा दिनुभएका सीईओको दोषी भनेर भनिसक्नुभएको छ, यस्तो अवस्थामा जिम्मेवारीमा भएका जनप्रतिनिधि जवाफदेही हुनुपर्छ, यसलाई एमालेले गम्भीरका साथ लिएको छ’, उनले भने, ‘एमालेले ल्याएको विकासको रोल मोडललाई रोक्न यस्ता गतिविधि आएका हुनसक्छन्, अब पारदर्शी ढंगले कसरी अगाडि बढाउने दबाब दिन आवश्यक छ, यो विषयमा एमाले लुम्बिनीले आफ्नो धारणा राखिसकेको छ ।’

आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने पौडेलको दाबी छ दाबी गरेका छन् । एमालेले एक्लै चुनावमा गएर बहुमत हात पार्ने उनले बताए ।

अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गर्दै पौडेलले भने भने –‘यो देशको नेता नेकपा एमाले हो, देशको नेतृत्व गर्ने एमाले नै हो, यसका विरूद्व जो जो लागे पनि देशको मुद्दामा बोल्ने पार्टी एमाले हो अहिले षड्यन्त्रबाट परमादेशबाट विपक्षमा पारिएको हो जनमतले होइन, यस्तो अवस्थामा पनि एमालेले के दिशा निर्देश गर्छ भनेर आम देशवासीले कुरेर बसेको अवस्था छ ।’

एमालेविरुद्ध गरिएको गठबन्धनले कुनै असर नगर्ने बताउँदै उनले गठबन्धनको पटका पड्काएर एमाले तर्सन्छ कि भन्ने भ्रम नपाल्न सुझाव दिए । ‘अन्य दलहरुले गठबन्धन गर्नु र नगर्नुमा कुनै तात्विक भिन्नता छैन । एमालेको विजयलाई गठबन्धनले कुनै असर पार्नेवाला छैन, एक्लै लड्ने हिम्मत नभएर गठबन्धनको बैशाखी चाहिएको हो ’, उपाध्यक्ष पौडेलले भने ।

एमालेले गरेका ठूला-ठूला विकास निर्माणका कामहरूलाई जनतामा यथार्थता ल्याउन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे । एमालेविरुद्धको षड्यन्त्रमा मिडियाको अनुचित प्रयोग भैरहेको उदाहरण आइरहेको बताउँदै उनले यसको वास्तविकताबारे बाहिर ल्याउन उनको आग्रह थियो ।

‘निर्वाचनमा जान नदिन धेरै प्रयास भयो, एमालेको तागतले चुनावी मिति घोषणा भएको र अब रोक्न चाहनेले पनि नसक्ने गठबन्धन एमालेका लागि नयाँ होइन, देखेका, भोगेका हौं, पटका पड्काएर एमाले डराउँदैन, सके एक्लै आउ नसके सबै दल मिलेर आउ हामी डराउदैनौ, ६० प्रतिशत कम्तीमा स्थानीय तहमा नतिजा निकालेर छाड्नेछ’ पौडेलले भने ।

‘एमाले नेतृत्वको सरकारले लुम्बिनी प्रदेशमा सुरू गरेको सुरूङमार्ग कसरी आयो, हिजो चुनौती दिनेलाई प्रमाण छ, यो नेपाल सरकारको लगानी भएको पहिलो सुरूङमार्ग हो’, पौडेलले भने, ‘गौतमबुद्व विमानस्थलमा दोस्रो फेजको काम रोकिएको छ, अन्य विकासका काममा ढिलाइ भएको छ, त्यसमा पत्रकारको खबरदारी र यथार्थता बाहिर आउनुपर्‍यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर