सैन्य गतिविधि घटाउने प्रतिबद्धताविपरीत युक्रेनमाथि रुसी आक्रमण कायमै
काठमाडौं । युक्रेनको किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन भने पनि रुसी आक्रमण भने घटेको छैन ।
रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले टर्कीमा मङ्गलवार भएको शान्ति वार्तामा उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई कटौती गर्न लागिएको बताएका थिए।
रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता गरेका थिए ।
उक्त वार्तालाई युद्ध सुरु भएयता शान्ति वार्तामा प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका पनि रुसी गोलाबारी नरोकिएको उनले बताए।
युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नर चाउसले टेलिग्राम सन्देशमा रुसले रातभर हवाई हमला र आक्रमण गरेको बताएका छन्।
रुसले किएभ वरीपरीका क्षेत्रमा आफ्नो फौजलाई तैनाथ गरिरहेको बीबीसीले जनाएको छ।