श्रीलंका आर्थिक संकटमा: राष्ट्रपतिको घर अगाडि हिसांत्मक आन्दोलन, सकियो डिजेलको भण्डारण – Nepal Press

श्रीलंका आर्थिक संकटमा: राष्ट्रपतिको घर अगाडि हिसांत्मक आन्दोलन, सकियो डिजेलको भण्डारण

काठमाडौं । श्रीलंकामा जारी आर्थिक संकटका कारण इन्धनको चरम अभाव सुरु भएसँगै आन्दोलनले हिसांत्मक रुप लिदै गएको छ । हाल श्रीलंकामा इन्धन अभावको कारण २ करोड भन्दा बढी जनताले दिनको १३ घण्टा भन्दा बढी बिजुलीको कटौती भोगिरहेका छन् भने बिहीबार देखि देशमा रहेको डिजेलको भण्डारण पूर्ण रुपले सकिएको बताइएको छ ।

वैदेशिक मुद्राको कमी हुँदा श्रीलंकाले बहिरी मुलुकबाट इन्धन आयात गर्न सकिरहेको छैन । जारी आर्थिक संकटको कारण आक्रोशित श्रीलंकनहरुले हाल देशका विभिन्न स्थानमा आन्दाेलन गरिरहेका छन् भने आन्दोलनले हाल हिसांत्मक रुप लिदै गैरहेको छ ।

बिहीबार श्रीलंकन राष्ट्रपति राजपाक्सा गोटाबेको निवास अघि भएको प्रदर्शनमा समेत दोहोरो झडप भएको छ भने झडपको कारण भएको क्षतिको भने हाल सम्म विवरण सार्वजनिक भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर