घोडेजात्रा : टुँडिखेलमा घोडाको कला (तस्बिरहरु) – Nepal Press

घोडेजात्रा : टुँडिखेलमा घोडाको कला (तस्बिरहरु)

काठमाडौं । आज घोडेजात्रा मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व काठमाडौंको टुँडिखेल लगायत विभिन्न स्थानमा मनाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समेत विशेष उपस्थिति रहेको विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको थियो ।

नेपाली सेनाले आयोजना गरेको घोडेजात्रा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो । घोडे जात्रा सैनिकहरूले विभिन्न ब्यान्डद्वारा धुनहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुमै क्याभलरी राई पास तथा डगद्वारा मार्च पास गरिएको थियो ।

यस्तै क्रस टेन्ट पेगिङ अन्तरगतको प्रस्तुतिमा सैनिकहरूले घोडाको साहायता दिँदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । यस्तै तालिम प्राप्त कुकुरहरूको प्रस्तुति निकै रोचक देखिएको थियो ।

यात्राका लागि लागि निकै महत्त्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्त्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रूपमा प्रयोग गर्ने गरिन्थ्यो । घोडे जात्रा दिन ललितपुरमा भने एक्लो घोडा दौडाउने गरिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *