कैलालीमा गठबन्धनबारे नेता कार्यकर्तासँग सुझाव माग्दै कांग्रेस, अधिकांश गठबन्धनको विपक्षमा – Nepal Press

कैलालीमा गठबन्धनबारे नेता कार्यकर्तासँग सुझाव माग्दै कांग्रेस, अधिकांश गठबन्धनको विपक्षमा

कैलाली । नेपाली कांग्रेस कैलालीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन आवश्यक पर्ने वा नपर्ने भन्ने विषयमा नेता कार्यकर्तासँग सुझाव मागेको छ ।

कांग्रेस केन्द्रीय समितिले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने’ निर्णय गरे भन्दा अघिबाटै कैलालीमा कांग्रेसले यस विषयमा नेता कार्यकर्तासँग परामर्श थालेका हो ।

चैत्र २ गते निर्णय गर्दै ६ गते जिल्ला पार्टीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्यहरूलाई पत्र पठाइएको जिल्ला सचिव नृप सुनारले बताए ।

महासमिति समिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्यहरूलाई पत्र पठाइएको पत्रमा तोकिएको वडाहरूमा जना समेत निर्देशन दिइएको छ । १३ गते देखी २० गते सम्म घर दैलो अभियान गर्ने र २२ गते जिल्ला कार्यसमिति बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

वडा तह सम्मै पुगेर कांग्रेस पार्टीको अवस्था तथा काँग्रेसका उम्मेदवारहरूको अवस्था बारे तथ्यगत सुझाव समेत मागिएको छ ।

‘वडामा गएर हाम्रो अवस्था र हामी भन्दा फरक राजनीतिक दलको अवस्था बारे विश्लेषण गर्न पनि भनिएको छ’ उनले भने, ‘गठबन्धन भन्ने शब्द लेखेका छैनौँ तर, हाम्रो भाषाको आशय नेपाली काँग्रेसको र नेपाली कांग्रेसका उम्मेदवारको अवस्था र अन्यको अवस्था बारे विश्लेषण गर्न भनेका छौँ । त्यो भनेको गठबन्धन गर्ने या नगर्ने भन्ने कुरा नै हो ।’

सबैबाट आएको सुझावको आधारमा २२ गतेको जिल्ला समिति बैठकले निर्णय गर्ने र केन्द्रलाई उक्त जानकारी पठाउने उनले बताए ।

जिल्ला पार्टी सभापति नारायणदत्त भट्टले नेता कार्यकर्ताहरूबाट आएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरिरहेको उनको भनाइ छ ।

‘यथार्थता लिएर आउनुहोस् । जे ल्याउनु होस् त्यो कार्यान्वयन गर्न म प्रयत्न गर्छु । यदि नतिजा आएन भने त्यसको जिम्मेवार तपाइ हुनुहुन्छ भन्दै जिल्ला पार्टी सभापतिले भनिरहनु भएको छ उनले भने अहिले सम्म लिखित पत्र जिल्लामा पुगेको छैन । सायद २२ गते पुग्छ होला ।’

लिखित रूपमा पत्र नपुगेको भए पनि मौखिक रूपमा कैलालीमा गठबन्धन गरेर जान नहुने अधिकांशको धारणा रहेको समेत उनले जानकारी दिए ।
‘जहाँ गएका छौँ त्यहाँ गठबन्धन गरिन हुन्न भनिरहेका छन् । यो केन्द्रको नीति हो भन्दै हामीले भनिरहेका छौँ’ उनले भने ‘२२ गतेको जिल्ला समिति बैठकमा हामी यस विषयमा निर्णय गर्छौ ।’

कैलालीमा ठुलो सङ्ख्यामा नेता कार्यकर्ताहरू गठबन्धन गर्न हुँदैन भन्दै आइरहेको उनले बताए । २२ गते सम्म पुग्ने लिखित सुझाव कार्यान्वयन गर्न पहल गर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेता कार्यकर्ताबाट आएको सुझावको आधारमा हामीले केन्द्रीय समितिलाई सुझाव पठाउँछौँ तर, त्यसको नीतिगत निर्णय केन्द्रीय समितिले गर्छ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर