भारतमा १२ दिनमा १० पटक बढ्यो पेट्रोलको मूल्य – Nepal Press

भारतमा १२ दिनमा १० पटक बढ्यो पेट्रोलको मूल्य

नयाँ दिल्ली । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्यवृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।

पछिल्लो १२ दिनमा १० पटक मूल्यवृद्धि हुँदा पहिलाभन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर