आहुतीको पार्टीले स्थानीय चुनाव बहिष्कार गर्ने, भण्डाफोर अभियान चलाउने – Nepal Press

आहुतीको पार्टीले स्थानीय चुनाव बहिष्कार गर्ने, भण्डाफोर अभियान चलाउने

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने भएको छ । काठमाडौंमा शनिबार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिष्कारको निर्णय गरेको हो ।

‘यसै संसदीय व्यवस्थाभित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ,’ केन्द्रीय सदस्य जागृत रायमाझीले भने, ‘यो संसदीय व्यवस्था भित्रको निर्वाचन किन औचित्यहीन छ भनेर हामी भण्डाफोर अभियान सञ्चालन गर्दैछौँ ।’

उनका अनुसार सो भेलाले आहुतीलाई महासचिवमा चयनसमेत गरेको छ । २१ चैतमा बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सचिवालय गठनदेखि अन्य विषयमा निर्णय लिने पनि रायमाझीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर