श्रीलंकामा कर्फ्यूसँगै सामाजिक संजालमा लगाइयाे प्रतिबन्ध
एजेन्सी । श्रीलंकामा चरम आर्थिक संकटको विरुद्धमा विभिन्न ठाउँमा विरोध चर्किदैँ गएपछि सरकारले देशभर ३६ घण्टा कर्फ्यु लगाएको छ भने सामाजिक संजालमासमेत प्रतिबन्ध लगाएको छ ।
श्रीलंककाको राष्ट्रपति राजपाक्सा गोटाबेले आदेश जारी गर्दै शनिबार बेलुका देखि ३६ घण्टा कर्फ्यु घोषणा गरेका हुन् । उक्त आदेश अनुसार अधिकारिक निकायको लिखित अनुमान नभईकन कोही पनि सर्वसाधारणलाई पार्क , ट्रेन , रोड लगायतका सार्वजनिक स्थानमा निस्किन प्रतिबन्ध लगाइएको छ ।
यति मात्र नभई हाल श्रीलंकामा फेसबुक , ह्वाट्सएप, टुईटर लगायतका सामाजिक संजालमासमेत प्रतिबन्ध लगाइएको छ ।
श्रीलंकाका दूरसंचार नियमन आयोगको निर्देशन अनुसार सामाजिक संजालमा प्रतिबन्ध लगाएको बीबीसीले जानकारी दिएको छ ।
पछिल्ला दिनहरुमा श्रीलंकामा आर्थिक संकटकोविरुद्धमा भईरहेका प्रदर्शनले हिसांत्मक रुप लिदैँ गएको छ । गत बिहीबार राष्ट्रपति गोटाबेलेकै निवास अगाडि भएको प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएपछि प्रदर्शन झनै विकराल रुप लिदैँ गएको छ ।