एआईजीका लागि भएको सिफारिसविरुद्धको रिटको पेशी आइतबार ‘हेर्न नमिल्ने’
नेपाल प्रेस
२०७८ चैत २० गते १४:१९
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पहिलो पेशी आइतबार ‘हेर्न नमिल्ने’ भएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिटको पेशी चढे पनि हेर्न नमिल्ने भएको हो ।
वरिष्ठता मिचेर सिफारिस गरिएको भन्दै डीआईजीहरु ईश्वरबाबु कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
सिफारिस भएका तीनै जना डीआईजीलाई सरकारले एआईजी बनाइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर