दिल्ली दूतावासमा राखिएको नक्साबारे ओलीले भने- शेरबहादुरले चुच्चे नक्सा हटाएर दलाली गरे (भिडिओ) – Nepal Press

दिल्ली दूतावासमा राखिएको नक्साबारे ओलीले भने- शेरबहादुरले चुच्चे नक्सा हटाएर दलाली गरे (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर राष्ट्रिय दलाली गरेको आरोप लगाएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासमा चुच्चेनक्सा नराखिएको विषयमा पनि ओलीले प्रधानमन्त्री देउवालाई दोषी देखाए ।

‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा त्या नेपालको नक्सा बुच्चे नक्सा राखिया’छ । योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ?,’ उनले प्रश्न गरे ।

यो पनि पढ्नुस् : दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब !

नेपाल प्रेसको भ्रमणका क्रममा दूतावासको मूल भवनमा रहेको रिसेप्सनमा राखिएको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रविहीन पुरानै नक्सा भेटिएको थियो ।

प्रधानमन्त्री देउवाले ‘सरकारका १०० दिन’ भन्ने पुस्तकमा चुच्चे नक्सा नराखेर बुच्चे नक्सा राखेर देशको दलाली गरेको ओलीको आरोप छ ।

‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको १०० दिनमा चुच्चे नक्सा हटाउनुभो,’ एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलवाड हो ।’

उनले चुनावको मुखमा प्रधानमन्त्री देउवा गएको विषयमा प्रश्न गर्दै भने,‘यही कुराका लागि जानुभएको हो दिल्ली ? केका लागि जानुभएको हो ?’

फर्किनुभन्दा अगाडि चुच्चेनक्सा राखेर आउने/नआउने विषयमा पनि उनले प्रधानमन्त्रीसँग जवाफ खेजेका छन् ।

‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुर जी ?’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर