मसाल र राजमोले विकास कुरा कहिले पनि गरेनन् : महासचिव पोखरेल – Nepal Press

मसाल र राजमोले विकास कुरा कहिले पनि गरेनन् : महासचिव पोखरेल

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय जनमोर्चा र नेकपा मसालले कहिले पनि विकास समृद्धिको कुरा नगरेको बताएका छन् ।

प्युठानमा मात्र सीमित रहेका यी दुई पार्टीले सधैँ विद्रोहको कुरा गर्ने तर जनताको जीवन परिवर्तनका कुरा कहिले पनि नगरेको बताएका हुन् ।

प्युठानको माण्डवी गाउँपालिका जसपुरको प्रशासनिक भवन उद्घाटन गर्दै उनले जनताको जीवनमा परिवर्तन आउन नसक्ने र अब त्यसको विकल्प एमालेबाहेक कोही नभएको बताए ।

उनले भने, ‘मसाल र राजमोले सधैँ विद्रोहका कुरा मात्र गर्छ, विकास र समृद्धिका कुरा कहिल्यै नगर्ने पार्टीलाई अब पनि चुनाव जिताएर पठाएमा प्युठान विकासमा अझ पछाडि पर्न सक्छ ।’

पोखरेलले पाँच दलीय गठबन्धन जनताको सेवा गर्नका लागि नभई व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि मात्र बनेको उल्लेख गरे ।

‘यो सरकार अदालतले बनाएको हो, जनमतको कदर गर्न नजान्नेलाई जनताले राम्रोसँग चिन्नुपर्दछ’ पोखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर