बिग्रदो आर्थिक अवस्थाबारे सत्तागठबन्धन बैठकमा छलफल, सरकारले विज्ञसँग अन्तरक्रिया गर्ने – Nepal Press

बिग्रदो आर्थिक अवस्थाबारे सत्तागठबन्धन बैठकमा छलफल, सरकारले विज्ञसँग अन्तरक्रिया गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा देशको पछिल्लो बिग्रदो आर्थिक अवस्थाबारे छलफल भएको छ ।

बालुवाटारमा बसेको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै विज्ञहरूको सुझावको आधारमा रणनीति बनाउने निर्णय गरेको हो ।

‘अर्थतन्त्रको अवस्थालाई ध्यान दँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रिया आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *