सत्तागठबन्धन बैठक : चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति – Nepal Press

सत्तागठबन्धन बैठक : चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति

काठमाडौं । सत्तारूढ गठबन्धनले आसन्न स्थानीय चुनावको तयारी तथा अनुगमनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाउने भएको छ ।

बालुवाटारमा भर्खरै सकिएको सत्ता गठबन्धनमा आबद्ध दलको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । समितिमा पाँचवटै दलका नेताहरूको प्रतिनिधित्व रहने जनाइएको छ ।

दलहरूले पालिकास्तरबाटै तालमेलको प्रक्रिया सुरु भइसकेको पनि जनाएका छन् । त्यसैलाई केन्द्रबाट हेर्न यो अनुगमन कमिटी बनाउन लागिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको ब्रिफिङ गरेका छन् । समग्रमा भारत भ्रमण सफल रहेको बैठकले निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर