एआईजी बढुवाविरुद्धको रिट कुमार चुँडालको इजलासमा
नेपाल प्रेस
२०७८ चैत २२ गते १२:२५
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध परेको रिटको सुनुवाइ आज न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।
डीआईजी इश्वरबाबु कार्कीले दर्ता गरेको रिट आइतबार र सोमबार दुवै दिन न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी चढे पनि ‘हेर्न नमिल्ने’ मा परेको थियो ।
आजको इजलासमा चौथो नम्बरमा रहेको उक्त रिटको प्रारम्भिक सुनुवाइ सम्भावना बढी छ ।
एआईजीमा बढुवा भएका तीनजनाले जिम्मेवारी सम्हालिसकेका छन् । असन्तुष्ट डीआईजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ कार्की उजुरी सुन्ने समितिले समेत न्याय नदिएको भन्दै सर्वोच्चमा पुगेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर