ठेकेदार उम्मेदवार हुन नपाउने कुरा सम्पूर्ण सत्य होइन : निर्वाचन आयोग – Nepal Press

ठेकेदार उम्मेदवार हुन नपाउने कुरा सम्पूर्ण सत्य होइन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबैजनामा लागू नहुने प्रष्ट्याएको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबार प्रष्ट पारेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा लागू नहुने बताए ।

‘केहीदिन अगाडि के समाचार आयो भने, ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने ! त्यो पनि सही समाचार होइन,’ दलहरूसँग आचारसंहिताका विषयमा प्रतिवद्धता लिन आयोजित बैठकमा उनले भने,‘हो कुरो चाँही के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन्भने, तत् तत् ठाउँमा चाहीँ उहाँले उम्मेदवार हुन नपाउने हो ।’

सो पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ, भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि आयोग्य हुने व्यवस्था रहेको आयुक्त भण्डारीले बताए । ‘त्यहीँ ठाउँमा उहाँले उम्मेदवार हुन चाहेर भरे उहाँको उम्मेदवारी रद्द गर्नुपर्ने भयोभने त्यल्ले राम्रो सन्देश दिँदैन,’ उनले भने ।
आचारसंहितामा ऐन नियममा भएका कुरालाई मात्र लिएर राखिएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर