तनाव उत्पन्न भएको भन्दै निर्वाचन आचारसंहितामा हस्ताक्षर नगरी निस्किए एमाले प्रतिनिधि – Nepal Press

तनाव उत्पन्न भएको भन्दै निर्वाचन आचारसंहितामा हस्ताक्षर नगरी निस्किए एमाले प्रतिनिधि

काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला र तनाव उत्पन्न भएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरू आचारसंहितामा हस्ताक्षर नगरी बाहिरिएका छन् ।

आयोगले बोलाएको छलफलमा साना दलले बोल्न पाउनुपर्ने भन्दै होहल्ला र नाराबाजी गरेपछि तनाव उत्पन्न भएको थियो । छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले हस्ताक्षर नगरेको एमाले केन्द्रीय सदस्य तथा कानून विभाग प्रमुख रमेश बडालले बताए ।

उनले भने, ‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकोले एमालेले आज कुनै हस्ताक्षर गरेन । शान्त र उचित वातावरण वनाउदै छलफल गर्ने र सवै दलको विचार सुनुवाई हुनु गरेर अगाडि वढ्न आयोगलाई आग्रह छ ।’

बैठकमा एमालेबाट बडालसहित निर्वाचन विभागका उपप्रमुख निरज आचार्य सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर