डोटीमा जनमोर्चालाई बाहिर राखेर तीन दलबीच तालमेलको सहमति – Nepal Press

डोटीमा जनमोर्चालाई बाहिर राखेर तीन दलबीच तालमेलको सहमति

डोटी । डोटीमा सत्तारूढ गठबन्धनका प्रमुख दलहरू चुनावी तालमेल गरेर जान सहमत भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहको अध्यक्षतामा आज बसेको बैठकले केन्द्रको निर्णय अनुसार तालमेल गर्ने निर्णय गरेको हो । बैठकमा राष्ट्रिय जनमोर्चालाई भने सहभागी गराइएको छैन ।

बैठकमा कांग्रेस सभापति सिंहसहित उपसभापति बाजीसिंह खड्का ‘विजय’, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी र नेता नारद मलासी र माओवादी केन्द्रका खगेन्द्र साउद ‘केबी’ सहभागी थिए ।

बैठकले ‘आपसी समझदारीका आधारमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने’ नि्णय गरेको छ ।

डोटीमा सत्तारूढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) को संगठन छैन । राष्ट्रिय जनमोर्चाको भने छ । तर, सहयात्री दललाई छलफलमा नबोलाइँदा जिल्लामा संशय उब्जिएको एक नेताले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर