ओलीको अभिव्यक्तिविरुद्ध मगर संघको आपत्ति – Nepal Press

ओलीको अभिव्यक्तिविरुद्ध मगर संघको आपत्ति

रुपन्देही । नेपाल मगर संघ रूपन्देहीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम शहीद लखन थापामगर नेपालका प्रथम शहीद होइनन् भनी दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले नै प्रथम शहीद घोषणा गरेका व्यक्तिलाई पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले विवादास्पद मन्तव्य दिएर अनावश्यक विवादमा तानेको संघले जनाएको छ ।

प्रथम शहीद हो या होइन भन्ने बारेमा स्पष्ट गर्न नेपाल सरकार समक्ष पेश गरिएका विभिन्न तथ्य–प्रमाणहरूलाई विश्वसनीय आधारको रूपमा स्वीकार गरेर २०७२ असोज ३ गतेका मन्त्रीपरिषदले निर्णय गरी लखन थापामगरलाई नेपालको प्रथम शहीदको सम्मान दिएको संघले स्मरण गराएको छ ।

लामो बहसपछि सरकारले नै निक्र्योल गरेको विषयमा लखन थापाप्रति पूर्वाग्रही गलत, भ्रामक र अपमान सृजना गर्ने अभिव्यक्ति र प्रवृत्ति बेलैमा सच्चाउन आग्रह गरेको संघका जिल्ला अध्यक्ष आनबहादुर सोतीले बताए ।

उनले निर्वाचनका समयमा सिंगो समुदायप्रति आँच आउनेगरी अभिव्यक्ति नदिन आग्रह गर्दै भावनात्मक चोट पुग्ने विषयमा नबोल्न आग्रह गरेका छन् । चैच १८ गते एमाले अध्यक्ष ओलीले प्रथम शहीद लखन थापाभन्दा पहिले राणा शासन अन्त्यका लागि बाकाबीरले ज्यान गुमाएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर