नेपाल प्रेस समाचार प्रभाव : दिल्लीस्थित दूतावासबाट ‘बुच्चे नक्सा’ हटाइयो – Nepal Press

नेपाल प्रेस समाचार प्रभाव : दिल्लीस्थित दूतावासबाट ‘बुच्चे नक्सा’ हटाइयो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको प्रवेश कक्षमै राखिएको ‘बुच्चे नक्सा’ हटाइएको छ ।

प्रतिनिधिसभाबाट संविधान संशोधन गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूमि समेटिएको नक्सा कार्यान्वयनमा आएको २२ महिना बितेपनि नेपाली दूवावासको सोधपुछ कक्षमै पुरानै नक्सा टाँगिएको विषयमा नेपाल प्रेसले सबैभन्दा पहिले समाचार संप्रेषण गरेको थियो ।

नेपाली दूतावासमा पुरानै नक्सा राखिएको विषयमा गत शनिबार नेपाल प्रेसले समाचार संप्रेषण गरेको थियो । समाचार सार्वजनिक भएलगत्तै राजदूत शंकर शर्माले पुरानो नक्सा हटाउन निर्देशन दिएका थिए । ‘नेपाल प्रेसमा समाचार आउनेवित्तिकै यहाँ हल्लाखल्ला भयो । प्रधानमन्त्रीको भ्रमणकै दौरान परेकोले सोधखोज पनि भयो । अहिले पुरानो नक्सा हटाइसकेका छौं’, दूतावासका एक कर्मचारीले नेपाल प्रेससँग भने ।

नेपाल प्रेसमा समाचार आएप्छि निवर्तमान राजदूत निलाम्बर आचार्यले भने आफू हुँदा चुच्चे नक्सा राखिएको भन्दै सो बुच्चे नक्सा कसले राख्यो र चुच्चे नक्सा कसले हटायो भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै प्रधानमन्त्रीसँग प्रश्न सोधेका थिए ।

यो पनि पढ्नुस्

दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर