मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौडा अस्पतालबाट अलग नगर्न चेतावनी – Nepal Press

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौडा अस्पतालबाट अलग नगर्न चेतावनी

बागमती । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौँडा अस्पतालबाट अलग गर्ने निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

हेटौडामा पत्रकार सम्मेलन गर्दै पौडेलले निर्णय तत्काल फिर्ता नभए मकवानपुरवासीहरूले आन्दोलन गर्ने चेतावनी पनि दिए ।

राजनीतिक प्रतिशोधका कारण वर्तमान गठबन्धन सरकारले प्रदेशका गौरवका रूपमा रहेका विभिन्न योजनाहरू धमाधम रोक्ने काम गरिरहेको भन्दै उनले विरोध जनाए ।

पछिल्लो समयमा मकवानपुरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने लक्ष्यका साथ तत्कालीन एमाले नेतृत्वको सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने तथा यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै बेकम्मा बनाउन लागिएकोमा उनले आपत्ति जनाए ।

अहिले सामान्य उपचारका लागि समेत भरतपुर जानुपर्ने बाध्यता सिर्जना गर्ने खेलमा प्रदेश सरकार लागेको उनको भनाई छ ।

५० शैयामा सिमित रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तरण गर्ने काम वर्तमान सरकारले रोकेको प्रति गम्भीर खेद प्रकट समेत पूर्व मुख्यमन्त्री पौडेलले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर