नवलपुर अदालतले पनि पल शाहलाई थुनामा पठाउने आदेश दियो – Nepal Press

नवलपुर अदालतले पनि पल शाहलाई थुनामा पठाउने आदेश दियो

काठमाडौँ । नवलपुर जिल्ला अदालतले पनि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई मुद्दा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ।

बुधबार साँझ थुनछेकको आदेश गर्दै शाहलाई कारागार पठाउने आदेश भएको हो। शाह यसअघि नै तनहुँ जिल्ला अदालतको आदेशले कारागारमा छन्।

एक नाबालिग गायिकाले शाहले बलात्कार गरेको भन्दै तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। तनहुँ अदातलको आदेशले कारागार पुगेका शाहलाई नवलपुर अदालतमा दर्ता भएको मुद्धा प्रकृया अगाडि बढाउन त्यहाँ लगिएको थियो।

अदालतको आदेशपछि शाहलाई तनहुँ कारागार ल्याइएको छ। शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर