एमालेका २२ मध्ये ९ जनसंगठनले महाधिवेशनबाट पाए नयाँ नेतृत्व – Nepal Press

एमालेका २२ मध्ये ९ जनसंगठनले महाधिवेशनबाट पाए नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेका २२ वटा जनवर्गीय संगठनमध्ये ९ वटाको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एमालेले चैतभित्र जनसंगठनहरुलाई महाधिवेशन गरिसक्न निर्देशन दिएको थियो ।

युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ र नेपाल टे«ेड युनियन महासंघजस्ता ठूला संगठनबाहेक अन्यलाई चुनावअघि नै महाधिवेशन गरिसक्न दिएको निर्देशनबमोजिम धमाधम नयाँ नेतृत्व चयन भइरहेको जनसंगठन समन्वय संयन्त्रकी सहइन्चार्ज रचना खड्काले जानकारी दिइन् ।

खड्काका अनुसार चैत २६ गतेभित्र १३ वटा जनसंगठनको महाधिवेशन सम्पन्न हुनेछ । भुमिहीन सुकुम्बासी संगठन, राष्ट्रिय स्वाथ्यकर्मी संगठन र अपांगता भएकाहरुको संगठन लगायतको महाधिवेशन २५ गतेसम्म सम्पन्न हुनेछ भने उद्योग व्यवसायी महासंघको नेतृत्व आज चयन हुनेछ ।

यसपटक महाधिवेशनमार्फत भद्रगोल अवस्थामा रहेका जनसंगठनहरुले चुस्त नेतृत्व निर्माण गरेको खड्काको भनाइ छ । एमालेको जनसंगठन समन्वय संयन्त्रले ठूला जनसंगठनमा १७ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी र अन्यको हकमा १७ पदााधिकारीसहित १५१ सदस्यीय कमिटी गठन गर्ने निर्देशिका पारित गरेको थियो ।

सोही निर्देशिका अनुसार १५१ सदस्यीय केन्द्रीय कमिटी हुने जनसंगठनहरुका महाधिवेशन सम्पन्न हुने क्रममा रहेको खड्काले बताइन् । खेलकुद महासंघ, जनजाति महासंघ र पेशागत महासंघ लगायत केही संगठनले आन्तरिक तयारी नपुगेका कारण महाधिवेशन तय हुन नसकेको उनको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएका सबै जनसंगठनहरुबाट सर्वसम्मत नेतृत्व चयन भएको सबै संगठनका केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता भएको खड्काले बताएकी छन् ।

हालसम्म महाधिवेशन भएका संगठनहरुका अध्यक्ष यसप्रकार छन्–

१ः प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन– सुरज लामिछाने

२ः प्रगतिशील कानून व्यवसायी संगठन (पिपिएलए)– भोजराज आचार्य

३ः मानव अधिकार एलाइन्स– मीनवहादुर शाही

४ः प्रेस चौतारी– गणेश बस्नेत

५ः उत्पीडित जातीय मुक्ति समाजन– मनोहर विक पौडेल

६ः भुतपूर्व सैनिक प्रहरी संगठन –विवेक पाण्डे

७ ः बुद्धिजिवी परिषद– डा.दिनेशचन्द्र देवकोटा

८ः जनसांस्कृतिक महासंघ– प्रेमनाथ अधिकारी

९ः मुस्लिम इत्तेहाद संगठन– सिराज अहमद फारुकी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर