चुनावी तालमेलका लागि प्रदेश १ मा बन्यो गठबन्धनको कार्यदल – Nepal Press

चुनावी तालमेलका लागि प्रदेश १ मा बन्यो गठबन्धनको कार्यदल

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलका लागि प्रदेशस्तरीय संयन्त्र बनाउन थालेका छन् ।

प्रदेश १ मा आज कार्यदल बनाइएको छ । विराटनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले आज कार्यदल गठन गरेका हुन् ।

कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीबाट प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा कार्यदलमा रहेका छन् ।

बैठकले चुनावी तालमेलको मोडालिटी तयार गर्न कार्यदल बनाएको माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेती ‘शुशिल’ ले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रदेशमा रहेका महानगर, उपमहानगर, नगर तथा गाउँ र वडा तहसम्म संयन्त्र बनाउन सर्कुलर जारी गरिसकिएको छ । त्यसका लागि शुक्रबारसम्म हरेक स्थानीय तहमा कार्यदल गठन गर्न सीमा तोकिएको उप्रेतीले जानकारी दिए ।

कार्यदलमा हरेक स्थानीय तहमा गठबन्धनका पार्टी प्रमुखहरू रहेको कार्यदल निर्माण गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर