भन्सार छलेर ल्याइएका बुलेट बाइकमा नक्कली नम्बर प्लेट (भिडिओ) – Nepal Press

भन्सार छलेर ल्याइएका बुलेट बाइकमा नक्कली नम्बर प्लेट (भिडिओ)

काठमाडौं । भन्सार छलेर ल्याइएका बुलेट बाइकहरु नेपालमा नक्कली नम्बर प्लेट राखेर चलाउने गरिएको पाइएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट ७ वटा बुलेट बाइकहरु बरामद गरेको छ। २१ लाख रुपैयाँ मुल्य बराबरका ती बाइकहरु भन्सार कार्यालयको जिम्मा लगाइएको महाशाखाले जनाएको छ।

प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन। ती सबै मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर