तारकेश्वरको अध्यक्षमा एमाले केन्द्रीय सदस्यदेखि प्रेस चौतारीका केन्द्रीय सचिवसम्मको दावी पेश – Nepal Press

तारकेश्वरको अध्यक्षमा एमाले केन्द्रीय सदस्यदेखि प्रेस चौतारीका केन्द्रीय सचिवसम्मको दावी पेश

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट सातजनाले आ-आफ्नो दावी प्रस्तुत गरेका छन् ।

बिहीबार संघिय सांसद नारायण खतिवडाको उपस्थितीमा भएको भेलामा ७ जनाले आकांक्षा व्यक्त गरेका छन् । तारकेश्वर गाउँपालिका कमिटी अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा बसेको पालिकस्तरीय छलफलमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनादेखि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बिष्णु तारुकेसम्मको दाबेदारी पेश भएको हो ।

बैठकमा तिम्सिना र तारुकेसहित जिल्ला सचिवालाय सदस्य हरि अधिकारी, हालका गाउँपालिका अध्यक्ष रमेश वस्ती, प्रदेश कमिटी सदस्य रामहरी न्यौपाने, गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल, एमाले तारकेश्वर ईन्चार्ज तथा वडा नम्बर २ का वडाध्यक्ष समरबहादुर आलेमगरले पालिका अध्यक्षमा दावी गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तारेश्वर गाउँपालिकामा एमालेले जितेको थियो । सो निर्वाचनमा एमालेका रमेश बहादुर वस्ती ३६१४ मतका साथ अध्यक्षमा जितेका थिए भने कांग्रेसका चोकराज शाक्य २६८८ मतका साथ दोस्रो र माओवादीका राजेन्द्र न्यौपाने १२३७ मतका साथ तेस्रो स्थानमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर