मुख्यमन्त्रीकै उपस्थितिमा गठबन्धन बैठक, एमालेविरुद्ध धादिङमा वडादेखि नै साझा उम्मेदवार उठाउने – Nepal Press

मुख्यमन्त्रीकै उपस्थितिमा गठबन्धन बैठक, एमालेविरुद्ध धादिङमा वडादेखि नै साझा उम्मेदवार उठाउने

धादिङ । आउने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धादिङका सबै वडा, पालिका र जिल्ला समन्वय समितिसम्मै एमालेविरुद्ध तालमेल गर्ने सहमति जनाएका छन् ।

गल्छी गाउँपालिकाको त्रिसुली रिसोर्टमा कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले सबै तहको चुनावमा गठबन्धन गर्ने र साझा उम्मेदवार दिने निर्णय गरेको हो ।

गठबन्धनको बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, नेकपा एसका उपमहासचिव गंगालाल तुलाधर, माओवादी नेता तथा आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल समेत सहभागी थिए ।

बैठकले धादिङका १०४ वटै वडामा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

गठबन्धनका दलका संयुक्त सचिवालय धादिङबेसीमा खोल्ने निर्णय समेत बैठकमा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर