खुलामञ्चमा रेखा थापाको भाषण : अबको चुनाव महाभारतको युद्धजस्तो, तपाईँहरू कौरवको पक्षमा कि पाण्डवको ? – Nepal Press

खुलामञ्चमा रेखा थापाको भाषण : अबको चुनाव महाभारतको युद्धजस्तो, तपाईँहरू कौरवको पक्षमा कि पाण्डवको ?

काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी निर्वाचन महाभारतको लडाइँजस्तो हुने टिप्पणी गरेकी छन् । यस लडाइँमा सत्यको साथ दिन उनले सबैलाई अपिल गरिन् ।

राप्रपाको खुलामञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्दै रेखाले राप्रपालाई पाण्डव र अरू दलहरूलाई कौरवको संज्ञा दिइन् ।

उनले प्रश्न गरिन्, ‘अब कौरवको साथ दिने कि पाण्डवको ? तपाईँहरूले निर्णय गर्नुपर्छ । सत्यको साथ दिने कि असत्यको ? तपाईँहरूको हातमा छ । कस्तो देश बनाउने ? तपाईँहरूले सोच्नुपर्छ ।’

दलहरूले जनतालाई माग्ने र दासी बताएको उल्लेख गरिन् ।

‘यी दलहरूले राजधानीमा बसेर तपाईंहरुलाई स्वाधीनताको लालपुर्जा बेचे । तपाईंहरुलाई आफ्नो विचारको झोला बोकाएर बन्दी बनाए । अब सधैँ बन्दी नै बनिरहने कि बहादुर नेपाली बन्ने ? माग्ने बनिरहने कि मालिक बन्ने ? देश बेच्नेसँग सती जाने कि स्वाभिमानी नागरिक बन्ने ?’ रेखाले प्रश्नको वर्षा गर्दै भनिन् ।

हालै विवाहवन्धनमा बाँधिएकी रेखा सिउँदोमा सिन्दूर लगाएर सभामा पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर