‘प्रकाण्ड’को गृह जिल्लामा विप्लव नेतृत्वको माओवादीले चुनावमा भाग लिने – Nepal Press

‘प्रकाण्ड’को गृह जिल्लामा विप्लव नेतृत्वको माओवादीले चुनावमा भाग लिने

सुर्खेत । कर्णालीमा सबैभन्दा बलियो जनाधार भएको नेकपा माओवादी विप्लव समूहले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ ।

सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला कालिकोटमा स्थानीय निर्वाचनमा सहभागिता जनाउने भएको हो ।

‘प्रकाण्ड’को गृह जिल्ला तथा गृहपालिका रहेको नरहरिनाथको मालकोटमा बसेको जिल्ला कमिटीको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ ।

दुई दिन बसेको तेस्रो पूर्ण बैठकले जिल्ला बाहिर रहेका सबै नेता कार्यकर्तालाई पनि जिल्लामा केन्द्रित गर्ने निर्णय गरेको छ ।

‘बैठकले वडा र टोल स्तरका कार्यकर्ता र जनताको सुझाव संकलन गर्ने र त्यसपछि स्वतन्त्र उम्मेदवारी टुङ्ग्याउने निर्णय गरेको छ,’ जिल्ला इन्चार्ज कर्ण भण्डारीले भने, ‘सबै साथीहरूको एकमतका कारण चुनावको सदुपयोग गर्ने र क्रान्तिलाई सफल पार्ने निष्कर्षमा जिल्ला कमिटी पुगेको हो ।’

यसै गरी बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुन सक्ने दल र शक्तिसँग चुनावी तालमेल गर्न सकिने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर