एमालेमै फर्किए जोरायल गाउँपालिका इन्चार्ज ओली – Nepal Press

एमालेमै फर्किए जोरायल गाउँपालिका इन्चार्ज ओली

कैलाली । एकीकृत समाजवादी डोटीका अमृत कुमार ओली ६ महिना पछि पुन एमालेमै फर्किएका छन् ।

जिल्ला सचिवालय सदस्य तथा जोरायल गाउँपालिका इन्चार्ज समेत रहेका उनी एक कार्यक्रममा समाजवादी त्यागेर एमाले प्रबेश गरेका हुन् ।

उनलाई एमाले नेता डिल्लीराज भट्टले पार्टीमा स्वागत गरेका थिए । लामो समय एमालेमा सकृय रहेका ओली पार्टी बिभाजन भएको केही समय पछि समाजवादीमा सकृय भएका थिए । तर पछिल्लो समय समाजवादीको निति उपयुक्त भएको भन्दै एमालेमै फर्किएको उनले बताए ।

´समाजवादीको आफ्नो कुनै निति छैन । काङ्ग्रेस र माओवादी संग टासिंएर हिड्न थालेपछि आफ्नै घर फर्किएको हु´उनले नेपाल प्रेसलाई भने `अब सधै एमालेमै सकृय हुन्छु ।´


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर