नेकपा एसका सचिव श्रेष्ठ भन्छन्- एमालेमा बोक्रा मात्रै बाँकी, गुदी हामीतिर आइसके – Nepal Press

नेकपा एसका सचिव श्रेष्ठ भन्छन्- एमालेमा बोक्रा मात्रै बाँकी, गुदी हामीतिर आइसके

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सचिव जीवनराम श्रेष्ठले आफ्नो पार्टी प्राविधिक रूपमा नयाँ देखिए पनि २००६ सालकै निरन्तरता रहेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला समितिले आज भृकुटीमण्डपमा आयोजना गरिएको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- हामी प्राविधिक रूपमा नयाँ पार्टी देखिए पनि २००६ सालको नेपाल कम्युनिस्ट पार्टीको इतिहास बोक्ने पार्टी हौँ । २०४६ सालको परिवर्तन र २०६२/०६३ को आन्दोलनको स्पिरिट हामीसँग छ ।

नेकपा एमाले अहिले बोक्रा मात्रै हरेको टिप्पणी गर्दै सचिव श्रेष्ठले गुदी आफूहरू भएको दाबी गरे ।

‘एमालेमा रहेको क्रान्तिकारी विचार बोक्ने र परिवर्तनको विचार बोक्ने नेता हाम्रो पार्टीमा आउनुभएको छ । एमालेमा त प्रतिगामीहरू मात्रै बाँकी छन्,’ उनले भने ।


प्रतिक्रिया

One thought on “नेकपा एसका सचिव श्रेष्ठ भन्छन्- एमालेमा बोक्रा मात्रै बाँकी, गुदी हामीतिर आइसके

  1. अब एक्लै बाँकी हाे ।अरूले त छाेडिसके । अनैतिकहरूलाई कसले पत्याओस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर