हामीलाई निम्छरो शब्द प्रयोग गर्दै क्विन्टल र ढकका कुरा गर्नेहरू पाउमा झर्नेछन् : भुसाल – Nepal Press

हामीलाई निम्छरो शब्द प्रयोग गर्दै क्विन्टल र ढकका कुरा गर्नेहरू पाउमा झर्नेछन् : भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले आफूहरूलाई हेप्नेलाई साइजमा ल्याउने बताएकी छन् ।

पार्टीको काठमाडौं जिल्ला समितिले आज भृकुटीमण्डपमा आयोजना गरिएको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्- हामीलाई निम्छरो शब्द प्रयोग गर्दै क्विन्टल र ढकका कुरा गर्नेहरू पाउमा झर्नेछन् । राष्ट्रिय सभा निर्वाचन र भर्खरै सम्पन्न नेपाल बार एसोसिएसनका निर्वाचनहरूले यही कुरा बताइरहेका छन् । हामी जित्दै छौँ । केपी ओलीहरू हार्दै छन् ।

वैशाख ३० गते हुने निर्वाचनमा आफूहरू सानदार विजय हासिल गर्ने उनले दाबी गरिन् ।


प्रतिक्रिया

2 thoughts on “हामीलाई निम्छरो शब्द प्रयोग गर्दै क्विन्टल र ढकका कुरा गर्नेहरू पाउमा झर्नेछन् : भुसाल

  1. धन्न ढकका कुरा गरेछन् । तिमीहरू त पाउ भन्न पनि लायक छैनाै ।

    1. हैन हैन पाउ ठिक छ, छिमेकी देशके पाऊ परेर त अध्यादेश मार्फत पार्ची बनेको हो नत्र हात न पाउका हुन्थे वरा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर