भोजपुरमा पनि चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय – Nepal Press

भोजपुरमा पनि चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

भोजपुर । भोजपुरमा पनि स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलहरूले गठबन्धन गर्ने भएका छन् ।

गठबन्धनमा रहेका दलहरूको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वडाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो ।

यस्तै पर्सी बस्ने गठबन्धनको बैठकका लागि जिल्ला संयन्त्रलाई सुझाव पठाउन पनि निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर