प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : केपी ओली – Nepal Press

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।

शनिवार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् ।

उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए ।

उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन् । ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कङ्गाल बनाएको ओलीले बताए ।

‘देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कङ्गाल बनायो’, उनले भने ।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धराशायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् ।

सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर