एमालेमै फर्किए एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष – Nepal Press

एमालेमै फर्किए एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष

कैलाली । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् ।

कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका हुन् । उक्त अवसरमा पोलिट्ब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र रावल, कञ्चनपुर इन्चार्ज निरु पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलगायतको उपस्थिति थियो ।

एमाले विभाजनपछि उनी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका थिए।

एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने अन्य नेताहरुलाई भने आइतबार पार्टी प्रवेश गराइने नेकपा एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर