डा. युवराज खतिवडाको आरोप- अर्थमन्त्रीले नोटबन्दीको हल्ला चलाएर बजार आतंकित पारे (भिडिओ) – Nepal Press

डा. युवराज खतिवडाको आरोप- अर्थमन्त्रीले नोटबन्दीको हल्ला चलाएर बजार आतंकित पारे (भिडिओ)

‘अराजक अर्थमन्त्रीको दबाबमा परेर प्रधानमन्त्रीले गभर्नरमाथि हमला गरे’

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले सिरानीमुनिको पैसा झिक्छु भनेर मुद्रा निर्मलीकरण (डिमोनिटाइजेशन) को हल्ला चलाएको भन्दै हल्का फुक्ला कुरा गरेर बजार आतंकित पारेको आरोप लगाएका छन् ।

एमालेले अर्थतन्त्रको अवस्थाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री खतिवडाले हल्ला गरेर सरकारले नोटबन्दी नगर्ने भन्दै यस्ता कुराले व्यवसायी र जनतालाई नै त्रसित पार्ने बताए ।

खतिवडाले भने- अर्थमन्त्रीले सिरानी मुनिको पैसा झिक्छु भन्नुभएको छ । त्यो भनेको के हो ? सिरानी मुनी पैसा छ भने झिक्नुपर्‍यो । तर बजारमा अफवाह फैलाएर हुन्न । हामीलाई पनि सोधिरहेका छन् नोटबन्दी हुन लाग्यो भनेर । सरकारले गर्ने भए हल्ला किन गर्थ्यो होला भन्ने गरेको छु । आतंक मच्चाउन हल्का फुल्का कुरा गरेर अन्यौलता पार्ने काम गर्नु हुँदैन ।

खतिवडाले गभर्नरमाथिको कारबाही सरकारको असफलता ढाक्ने षडयन्त्र भन्दै अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर