जब युक्रेनको राजधानीमा एक्कासि देखिए बेलायती प्रधानमन्त्री – Nepal Press

जब युक्रेनको राजधानीमा एक्कासि देखिए बेलायती प्रधानमन्त्री

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन शनिवार पूर्व घोषणाबिनै युक्रेनको राजधानी किभ पुगेर युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

यती मात्र नभएर जोनसनले रुसी आक्रमणबाट क्षतिग्रस्त बनेको युक्रेनको राजधानी किभको सडकमै उत्रिएर स्थलगत निरीक्षण समेत गरेका छन् ।

बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किभका सडकमा घुमाएको थिए ।

भेटवार्तामा जोनसनले रुसी आक्रमणविरुद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा समेत गरेका छन् ।

जस अनुरूप बेलायतले युक्रेनलाई १२० वटा बङ्कर र एन्टी सिप मिसाइल दिने भएको छ ।

भेटवार्ता पश्चात् युक्रेनको रक्षा मन्त्रालयले उक्त भेटलाई वास्तविक लोकतन्त्र र दुई देश बिचको वास्तविक मित्रताको नमुनाको रूपमा व्याख्या गरेको छ ।

रुसले गत फेब्रुअरी २४ देखी युक्रेनमा हमला सुरु गरेको थियो भने बेलायतले हमला सुरु भएसँगै युक्रेनलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर