गठबन्धनको मोडालिटी बनाउन बालुवाटारमा शीर्ष नेताको बैठक, माधव र उपेन्द्र अनुपस्थित – Nepal Press

गठबन्धनको मोडालिटी बनाउन बालुवाटारमा शीर्ष नेताको बैठक, माधव र उपेन्द्र अनुपस्थित

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव भने उपस्थित छैनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीबारेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँदैछ ।

पौडेल नेतृत्वको सो समितिले हिजो सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन आजको बैठकमा बुझाउने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर