सत्तागठबन्धनको शीर्ष बैठकमा को को छन् ? (तस्बिरहरू) – Nepal Press

सत्तागठबन्धनको शीर्ष बैठकमा को को छन् ? (तस्बिरहरू)

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेताको बालुवाटारमा जारी छ ।

बैठक आसन्न स्थानीय चुनावको तालमेलको विषयमा केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीबारेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँदैछ ।

बैठकमा शीर्ष नेता र अनुगमन समितिमा रहेका सदस्यहरू उपस्थित छन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत सहभागी छन् ।

नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ छन् । नेकपा एसबाट सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव विजय पौडेल छन् ।

जसपाबाट अशोक राई, रेणुकुमारी यादव र जनमोर्चाबाट दुर्गा पौडेल छन् ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा कार्यकारिणी परिषद्का अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित छन् ।

तस्बिरहरु : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर