आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले माग्यो स्पष्टीकरण – Nepal Press

आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ ।

भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर