अर्थमन्त्री भन्छन्- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो, आज पनि ढुकुटीमा ६७ अर्ब छ (भिडिओ) – Nepal Press

अर्थमन्त्री भन्छन्- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो, आज पनि ढुकुटीमा ६७ अर्ब छ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न अफवाहहरु सिर्जना गरेर देश श्रीलंका हुन्छ भन्ने प्रचारवाजी भइरहेको टिप्पणी गरेका छन् । यस्तो कार्यलाई उनले ‘राष्ट्रघात’ संज्ञा दिए ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘नेपाल श्रीलंका हुन्छ… हुन्छ… भन्नेतिर लाग्न खोजिँदै छ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि । श्रीलंका बनाउन किन चासो भइराख्या छ रु अचम्म लाग्छ । आजै पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब छ । त्यसैले त्यो अवस्थाको कुरा होइन ।’

उनले विदेशबाट आएको पैसा रोकिएकोबारे आफूले बुझिदिन भनेको कुरालाई ठूलो विषय नबनाउन आग्रह गरे ।

यो पनि पढ्नुहोस् : अर्थमन्त्रीले भने – अर्थतन्त्रमा संकट आएको छैन, गलत प्रचार भयो


प्रतिक्रिया

2 thoughts on “अर्थमन्त्री भन्छन्- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो, आज पनि ढुकुटीमा ६७ अर्ब छ (भिडिओ)

  1. चुनावी प्रचार हो बिपक्षीहरुके गर्ने काम नै यहि हो त!

  2. One person has more than that you talking about 67 only in a one country 😅I may have couple of Arab myself.

Leave a Reply

Your email address will not be published. Required fields are marked *