फेरि २४ सय तल झर्‍यो नेप्से – Nepal Press

फेरि २४ सय तल झर्‍यो नेप्से

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार ३४.७९ अंकले घटेर २४ सय तल झरेको छ।

मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ ।

केही समय अघि ३१ सय पार भएको नेप्से २४ सय तल झरेर फेरी उकालेको लागेको थियो।

लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।

होटल तथा पर्यटनबाहेक सबै समूहको सूचक घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर