नागरिकतामा जन्म मिति सच्याएर सेवा प्रवेश गरेको आरोप लागेका डीएसपी सिंह दोषी ठहर – Nepal Press

नागरिकतामा जन्म मिति सच्याएर सेवा प्रवेश गरेको आरोप लागेका डीएसपी सिंह दोषी ठहर

काठमाडौँ । विशेष अदालतले नागरिकतामा जन्म मिति सच्याएर सेवा प्रवेश गरेको अभियोगमा नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई दोषी ठहर गरेको छ ।

श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज किर्ते अभियोगमा सिंहविरुद्ध अभियोग दर्ता गरेको थियो ।

एसएलसीको लब्धाङ्क पत्रमा जन्म मिति २०३२ साल माघ १२ गते उल्लेख भएका सिंहले २०५८ सालमा प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए । आवेदन दिँदा उनको उमेर २६ वर्ष भइसकेको थियो तर प्रहरी निरीक्षकमा २५ वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था छ ।

सिंहले विद्यालयले दिने चारित्रिक प्रमाणपत्रमा जन्म मिति सच्याएर नक्कली बनाएको र त्यसैलाई पेस गरेर आवेदन दिएको आरोप लागेको थियो । विशेष अदालतले दोषी ठहर गरे पनि सिंहलाई हुने सजाय भने तोकिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर